सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १९, २०८०
|
|
४२ पटक हेरिएको
Shares
सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?

सारांश

  • सरकारले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
  •  सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो।
  • तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ७ निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ।

१९ भदौ, काठमाडौं । सरकारले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो। तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ७ निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ।

कालो सूचीमा परेकाहरुले सूचना प्रकाशित भएको मिति (२०८० भदौ १९ गते) देखि कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । गणेश सिंह साउद र केशरबहादुर साउद मुख्य व्यक्ति रहेको गणपति कन्स्ट्रक्सन कञ्चनपुर, प्रविन ब्रह्मदेव पाण्डे मुख्य व्यक्ति र सुवास श्रेष्ठ आधिकारिक व्यक्ति रहेको तथ्य इन्जिनियरिङ एण्ड इन्फास्टक्चर मुम्बई र विनित जोशी नेतृत्वको जोशी विज हाउस प्रालि तीन वर्षसम्मका लागि कालो सूचीमा परेका छन् ।

यसैगरी निर्माण न्यौपाने र रोशन खड्का नेतृत्वको शिवालय बिल्डर्स प्रालि मकवानपुर र पेशल आचार्य नेतृत्वको आज्ञा एण्ड कम्पनी प्रालि विराटनगर दुई वर्षसम्मका लागि कालो सूचीमा परेका छन् । इन्द्रबहादुर शाह ठकुरी नेतृत्वको चुलीडाँडा निर्माण सेवा, स्वयम्भू काठमाडौंलाई एक वर्ष ६ महिना (डेढ वर्ष) सम्म कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचीमा उल्लेख छ ।

यसैगरीगरी मलिन पन्त नेतृत्वको इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौं, विजेनदास श्रेष्ठ नेतृत्वको मकर गणेश कन्स्ट्रक्सन प्रालि काठमाडौं, अफजल मोहम्मद हवाई नेतृत्वको बाबा इन्फ्राप्रोजेक्ट प्रालि बाँके, सुदीप आचार्य नेतृत्वको नवनिर्माण कन्स्ट्रक्सन एण्ड बिल्डर्स पोखरा, उपेन्द्र ढकाल नेतृत्वको यू.डी. एलिस कन्स्ट्रक्सन एण्ड सप्लायर्स टेकु एक वर्षका लागि कालो सूचीमा परेका छन् । मोहन बहादुर तामाङ नेतृत्वको पुतलीकाठ निर्माण सेवा प्रालि दोलखा र हेमराज बस्याल नेतृत्वको अरबिन्द्र कन्स्ट्रक्सन भरतपुर चितवन पनि एक वर्षका लागि कालो सूचीमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका
गुल्मीमा सुन्तला उत्पादन बढ्यो
गुल्मीमा सुन्तला उत्पादन बढ्यो
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना
प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
भूकम्पमा परेर घाइतेको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री बस्नेत
भूकम्पमा परेर घाइतेको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री बस्नेत