एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही सहभागी छन् । उनीहरूले आज पत्रकार सम्मेलन गरेलगत्तै मुख्यमन्त्री कँडेल समक्ष राजीनामा पत्र बुझाउनेछन् । मन्त्रीको राजीनामासँगै माओवादी संसदीय दलले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनेछ । हाल काठमाडौंमा रहेका संसदीय दलका नेता राजकुमार शर्माले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र मेलमार्फत पठाउने बताइएको छ ।
माओवादीले सरकारबाट बाहिरिने तयारी गर्दा पनि एमाले र कांग्रेसबीच नयाँ सरकार गठनका विषयमा छलफल नै सुरु भएको छैन । ४० सदस्यीय प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) र कांग्रेसका १५ सांसद छन् । जबकि सरकार बनाउन २१ सांसद आवश्यक पर्छ । यसरी हेर्दा कर्णालीमा एमाले र कांग्रेसको सहज सरकार बन्छ । नयाँ समीकरणमा पनि मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने र माओवादीले छोडेका मन्त्रालयहरू लिएर कङ्ग्रेस सरकारमा सहभागी हुने एमालेका सांसदहरू बताउँछन् । कर्णालीमा कांग्रेसले पनि अहिले नै सरकारको नेतृत्व आफूले पाउनु पर्ने अडान लिएको छैन ।


प्रतिक्रिया