ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताएका छन् ।
  • राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको देउवाको भनाइ छ ।
  • मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे ।

 

२३ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताएका छन् । राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको देउवाको भनाइ छ । मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे ।

गठबन्धनमा कुनै समस्या छैन । गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो,’ देउवाले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि प्रष्ट पारे । ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन,’ उनले भने ।दुई सत्तारुढ दलबीच आपसमा कुरा मिल्न नसक्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको चर्चा हुँदै आएको थियो । पछिल्लो पटक देउवा र ओलीबीच गभर्नर नियुक्तिमा सहमति भइसकेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?