बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

सारांश

  • भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ ।
  • धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ, डाँडागाउँ र नयाँबस्तीका भूकम्पपीडितलाई पुनःस्थापना गर्न सुरु गरेको झण्डै आठ वर्ष बितिसक्दा पनि अझैसम्म बस्ती निर्माण हुन सकेको छैन ।
  •  स्थानीयकै पहलमा २०७३ पुसदेखि लामाचौरमा बस्ती निर्माण थालिएको भए पनि बजेटको अभावमा काम सम्पन्न हुन नसकेको एकीकृत मिलनबस्ती पुनःनिर्माण तथा विकास समितिका अध्यक्ष सुककुमार श्रेष्ठले जानकारी दिए ।

१७ वैशाख, गोरखा । भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ ।

धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको भूकम्पले थप क्षति पुगेपछि रिठ्ठेपानी, धरमपानी, पाण्डेगाउँ, डाँडागाउँ र नयाँबस्तीका भूकम्पपीडितलाई पुनःस्थापना गर्न सुरु गरेको झण्डै आठ वर्ष बितिसक्दा पनि अझैसम्म बस्ती निर्माण हुन सकेको छैन । स्थानीयकै पहलमा २०७३ पुसदेखि लामाचौरमा बस्ती निर्माण थालिएको भए पनि बजेटको अभावमा काम सम्पन्न हुन नसकेको एकीकृत मिलनबस्ती पुनःनिर्माण तथा विकास समितिका अध्यक्ष सुककुमार श्रेष्ठले जानकारी दिए ।

“सरकारले उपलब्ध गराउने रु तीन लाख  अनुदानसहित अपुग रकम घरधनीबाट पनि सङ्कलन गर्ने र केही आर्थिक सहयोग जुटाएर बस्ती निर्माण गर्ने योजना बनाइएको थियो”, उनले भने, “पहिलो किस्ताको रकम प्राप्त गर्न ढिलाइ हुने भएपछि ऋण नै खोजेर काम थाल्नुपर्ने बाध्यता भयो, अहिले ऋण पनि बढ्दै गएको छ, बस्ती निर्माण पनि सम्पन्न गर्न सकिएको छैन ।” बस्ती निर्माण गर्न लामाचौरमा एक सय पाँच रोपनी जमिनमा प्रतिपरिवारलाई करिब ६ आना जग्गा पुग्ने गरी एक सय ३८ घर निर्माण थालिएको थियो । “निर्माण थालिएकामध्ये ९० घर निर्माण भइसकेका छन्”, अध्यक्ष श्रेष्ठले भने, “पचास घरमा अहिले स्थानीय बस्न थालिसकेका छन् ।” उनले बाँकी रहेका घर निर्माणकै प्रक्रियामा रहेको बताए ।

कतिपय घरधनीबाट प्रतिबद्धता गरेअनुसारको रकम प्राप्त हुन नसक्दा पनि समस्या भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । “निर्माण हुन बाँकीमध्ये केहीको अन्यत्रै घर भएकाले एकीकृत मिलन बस्तीमा घर बनाउन नचाहेको अवस्था छ”, उनले भने, “तत्काल केही घर नबनाई नहुने अवस्था छ, बजेट नहुँदा समस्या भएको छ ।” घरधनीले प्रतिबद्धता गरेअनुसारको रकम उठे ऋण तिर्न नसके पनि तत्काल बनाउनुपर्ने अवस्थामा रहेका बाँकी घर बनाउन सकिने समितिले जनाएको छ । उनले बाँकी रहेका घर निर्माण गर्न आर्थिक स्रोतको खोजी भइरहेको बताए ।

बस्तीमा प्रत्येक परिवारका लागि चार कोठाको दुईतला भएको घर निर्माण गरिएको छ । एउटा घर निर्माण गर्दा करिब रु ६ लाख ५० हजारभन्दा बढी खर्च भएको समितिले जनाएको छ । बस्तीभित्र विद्युत्, सडक, खानेपानी तथा ढल निर्माण लगायतका काम भइरहेका छन् । तीस वटा घर ‘अक्सफाम’ नामक गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको ;रविलामिछाने
दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको ;रविलामिछाने
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः पहिलो सेमिफाइलमा गण्डकी विजयी
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले ६ महिनामा एक करोड दुई लाख राजस्व उठायो
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले ६ महिनामा एक करोड दुई लाख राजस्व उठायो
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी
काठमाडौं उपत्यकामा भाद्र २८ गतेसम्म कफ्र्यू आदेश जारी
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने