काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २८, २०८३
|
|
८० पटक हेरिएको
Shares
काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की

सारांश

  • काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की काठमाडौं ।
  • प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
  • काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले संघीय राजधानी काठमाडौं राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिको प्रमुख केन्द्र भएकाले महानगर प्रहरीको जिम्मेवारी विशिष्ट रहेको बताए ।

 

२८ भदौ, काठमाडौं।

काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले संघीय राजधानी काठमाडौं राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिको प्रमुख केन्द्र भएकाले महानगर प्रहरीको जिम्मेवारी विशिष्ट रहेको बताए ।

 

उनले भने,‘काठमाडौं संघीय राजधानीसँगै राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिको प्रमुख केन्द्र हो । यस्तो महत्वपूर्ण सहरमा शान्ति सुरक्षा कायम गर्न, सडक अनुशासन, अतिक्रमण नियन्त्रण र सार्वजनिक सम्पत्तिको संरक्षणमा काठमाडौं महानगर प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। महानगर प्रहरीको यो भूमिका प्रशंसनीय छ ।’ उनले काठमाडौंमा संघीय सरकारका प्रमुख संरचना, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, प्रमुख व्यापारिक केन्द्र तथा ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा रहेको उल्लेख गरे । महानगर प्रहरी बलले तीन दशकभन्दा लामो समयदेखि महानगरपालिकाका नीति, निर्णय तथा निर्देशन कार्यान्वयन गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण, सडक अनुशासन, बजार तथा पार्किङ व्यवस्थापन, फुटपाथ व्यवस्थापन, सरसफाइ तथा फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, अतिक्रमण नियन्त्रण, वातावरण संरक्षण र सामाजिक विकृति नियन्त्रणमा काम गर्दै आएको उनले बताए ।

उनले भने, ‘काठमाडौंमा संघीय सरकारका प्रमुख संरचना, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, प्रमुख व्यापारिक केन्द्रसँगै ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाहरू रहेका छन्। यस्तो महत्वपूर्ण सहरमा महानगर प्रहरी बलले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा फुटपाथ व्यवस्थापन, बजार र पार्किङ व्यवस्थापन, सरसफाइ, सम्पदा संरक्षण, अतिक्रमण नियन्त्रण र सामाजिक विकृति नियन्त्रणमा तीन दशकभन्दा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’ विपद्का समयमा खोज, उद्धार तथा राहतका साथै नेपाल प्रहरीसँगको समन्वयमा समेत महानगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको कार्कीले उल्लेख गरे । सानो संख्याबाट सुरु भएको महानगर प्रहरी बल अहिले गौरवमय संगठनका रूपमा स्थापित भएको भन्दै उनले सडक तथा फुटपाथ अतिक्रमण हटाउनेजस्ता काम सहज र लोकप्रिय नभए पनि सहरको स्वरूप परिवर्तन तथा व्यवस्थित बनाउन यस्ता कार्य आवश्यक रहेको बताए ।

कर्तव्य निर्वाहका क्रममा महानगर प्रहरीमाथि आक्रमण तथा कुटपिटका घटना हुने गरेको उल्लेख गर्दै उनले त्यसको समेत प्रवाह नगरी निरन्तर जिम्मेवारीमा खटिनु सराहनीय रहेको बताए । उनले भने, ‘सानो संख्याबाट सुरु भएको महानगर प्रहरी बल आज गौरवमय संगठनका रूपमा स्थापित भएको छ । सडक तथा फुटपाथ अतिक्रमण हटाउने काम सहज र लोकप्रिय हुँदैन, तर व्यवस्थित र सुन्दर सहर निर्माणका लागि यस्ता काम आवश्यक छन् । कर्तव्य निर्वाहका क्रममा आक्रमण तथा कुटपिटको सामना गर्नुपरे पनि त्यसको प्रवाह नगरी निरन्तर जिम्मेवारीमा खटिनुभएकोमा महानगर प्रहरीको कार्य प्रशंसनीय छ ।’ स्थानीय तहअन्तर्गत काठमाडौं महानगर प्रहरी बलले सक्रियता र कार्यसम्पादनमार्फत उदाहरण प्रस्तुत गरेको भन्दै आईजीपी कार्कीले महानगर प्रहरीको भूमिकाको प्रशंसा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध
आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध
मकवानपुरमा ईभी दु*र्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर
मकवानपुरमा ईभी दु*र्घटना : ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने
संसदमा रवि लामिछानेले सम्बोधन गर्ने
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव
बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार
बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि
रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट
रेडक्रस तदर्थ समिति विरुद्ध सर्वोच्चमा रिट