नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १, २०८३
|
|
२४७ पटक हेरिएको
Shares
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय

सारांश

  • नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ ।
  • नेकपा र नेकपा (एमाले)बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
  •   नयाँ कार्यविभाजनअनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ ।

विराटनगर ।

नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेकपा र नेकपा (एमाले)बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।  नयाँ कार्यविभाजनअनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र दुई राज्यमन्त्री रहेका छन् ।  नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् ।

नेकपाका गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानुन, जीवन आचार्यले भौतिक पूर्वाधार विकास, गीता तिम्सिनाले सामाजिक विकास तथा खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपाकै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । सरकार विस्तारसँगै एमालेबाट यसअघि जिम्मेवारीमा रहेका केही मन्त्रीको मन्त्रालयसमेत हेरफेर गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, सामाजिक विकास मन्त्री रहेका रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहेका उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत राखिएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ गराएका छन् । राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका हुन् ।  नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीले नयाँ नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेशमा एमाले र नेकपा सत्ता साझेदार दल बनेका छन् । नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद्को जिम्मेवारी टुंगिएसँगै प्रदेश सरकारको संरचना पूर्ण भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु
गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु
माडवाडी सेवा समितिद्वारा उच्च अदालतमा मुद्दा दायर
माडवाडी सेवा समितिद्वारा उच्च अदालतमा मुद्दा दायर
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल
आज पनि उच्च अंकले घट्यो नेप्से
आज पनि उच्च अंकले घट्यो नेप्से
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
कर्णालीमा गठबन्धनका तीनैजना विजयी
कर्णालीमा गठबन्धनका तीनैजना विजयी
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल