वर्षदिनमा नेपाल भित्रिए १२ लाख पर्यटक, सबैभन्दा बढी भारतबाट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२७३ पटक हेरिएको
Shares
वर्षदिनमा नेपाल भित्रिए १२ लाख पर्यटक, सबैभन्दा बढी भारतबाट

सारांश

  • सबैभन्दा धेरै तीन लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन्।
  • त्यस्तै, अमेरिकाबाट एक लाख ११ हजार ३२५ पर्यटक आएका छन्।
  • तेस्रोमा चीन रहेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा १२ लाख नौ हजार ३५७ विदेशी पर्यटक नेपाल आएका छन्। सबैभन्दा धेरै तीन लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन्। त्यस्तै, अमेरिकाबाट एक लाख ११ हजार ३२५ पर्यटक आएका छन्। तेस्रोमा चीन रहेको छ। चीनबाट एक लाख नौ हजार ८९२ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।  बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांकअनुसार, भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। कुल आगमनमध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ। भारतपछि अमेरिका दोस्रो र चीन तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेका छन्।

त्यसपछि बंगलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलंकाबाट ४३ हजार २११ र भुटानबाट ३६ हजार २८९ पर्यटक आएका छन्। यसैगरी, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी कात्तिक महिनामा एक लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा एक लाख १९ हजार ३९०, फागुनमा एक लाख १४ हजार १५२ र असोजमा एक लाख ११ हजार ७८० पर्यटक आगमन भएको तथ्यांकले देखाएको छ। बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रबर्द्धनात्मक कार्यक्रमलाई तीव्रता दिइएको छ। गत आर्थिक वर्षमा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई, नयाँ दिल्लीलगायतका विभिन्‍न शहरमा १२ भन्दा बढी प्रबर्द्धनात्मक कार्यक्रम गरिएको बोर्डले जनाएको छ।

भारतबाहेक अन्य देशमा पनि प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो। अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी नेपालको पर्यटन प्रबर्द्धनात्मक कार्यक्रम गरिएको बोर्डले जानकारी दिएको छ।  त्यस्तै, गत आर्थिक वर्षको अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा भएको पर्यटन पूर्वाधारको लगानीलाई सुरक्षित गर्न पूर्वको झापादेखि पश्‍चिमको कञ्चनपुरसम्म विभिन्‍न क्रस–बोर्डर तथा पर्यटन मार्ट र मेला गरिएको थियो। जसको प्रभावका कारण सीमा क्षेत्र हुँदै नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बोर्डको भनाइ छ। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताएए। ‘आर्थिक वर्ष २०८२/८३ को पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको स्पष्ट संकेत गरेको छ,’ ऐरले भने, ‘प्रमुख स्रोत बजारसँगै नयाँ सम्भावनायुक्त बजारमा पनि लक्षित प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउँदै नेपाललाई वर्षभरि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो प्रयास जारी रहनेछ।’ नेपाल सरकारले यस वर्ष आरोग्य पर्यटन वर्ष २०२७ घोषणा गरेको उल्लेख गर्दै ऐरले चालु आर्थिक वर्षमा पर्यटन आगमन संख्या थप वृद्धि हुने अपेक्षा गरिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
नुवाकोट क्षेत्र नम्बर १ मा महतको अग्रता कायमै
नुवाकोट क्षेत्र नम्बर १ मा महतको अग्रता कायमै
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था
नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
तत्काल प्रदेश खारेज हुँदैन: अर्थमन्त्री खनाल
तत्काल प्रदेश खारेज हुँदैन: अर्थमन्त्री खनाल