३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २३, २०८३
|
|
३४९ पटक हेरिएको
Shares
३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

सारांश

  • सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
  • साविक जोगबुढा गाविस वडा नं.
  • १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन्।

डडेल्धुरा ।

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन्।

त्यसपछि २०५५ साल पुस २६ गते पुनः सुकुम्बासी समस्या समाधान आयोगले प्रक्रिया अघि बढाए पनि पुर्जा वितरण हुन सकेन। विगतका आयोगबाट सुरु भएको काम अधुरै रहँदा खजुरानी र तुलाभाडी गाउँका स्थानीय लामो समयदेखि जग्गाधनी पुर्जाको पर्खाइमा थिए। हालको समितिको कार्यविधि तथा प्रचलित नियमअनुसार विगतमा भएका अधुरा–अपुरा कामलाई निरन्तरता दिँदै प्रक्रिया अघि बढाइएको हो। सोही क्रममा नियमानुसार राजस्व संकलन गरी विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको प्रक्रिया पूरा गर्दै १२ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो। करिब ३८ वर्षअघि नापनक्सा भएर पनि स्वामित्वको कानुनी प्रमाण प्राप्त गर्न नसकेका स्थानीयले लामो समयपछि जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृ*त्यु
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृ*त्यु
म्याग्दी बाढीपहिरो : प्रभावित क्षेत्रमा विद्युत् प्रसारणलाइन मर्मत सुरु
म्याग्दी बाढीपहिरो : प्रभावित क्षेत्रमा विद्युत् प्रसारणलाइन मर्मत सुरु
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब बढि
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब बढि
नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था
नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला
तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द
तुइन खोला नजिक ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक बन्द
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सिन्धुलीबाट काठमाडौँ आउँदै गरेका बस र सुमो काभ्रेमा पहिरोले पुरिए
सिन्धुलीबाट काठमाडौँ आउँदै गरेका बस र सुमो काभ्रेमा पहिरोले पुरिए
किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद
किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने