Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अखिल क्रान्तिकारीको मतगणनामा विवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
४४ पटक हेरिएको
Shares
अखिल क्रान्तिकारीको मतगणनामा विवाद

सारांश

  • अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना विवादका कारण रोकिएको छ ।
  • विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरुले विरोध जनाएका थिए ।
  • मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो ।

१३ माघ, काठमाडौं ।

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना विवादका कारण रोकिएको छ । विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरुले विरोध जनाएका थिए । मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो । तर कालो मसीले पनि मतदान भएको जानकारी निर्वाचन समितिका प्रतिनिधिहरुले गराएका थिए । अध्यक्षका उम्मेदवार विजय सापकोटाका प्रतिनिधि यादव ढुंगाना र रमेश खड्काले कालो मसीलाई पनि मान्यता दिनुपर्ने भनाइ राखेका थिए भने अर्का उम्मेदवार उपदेश यादवका प्रतिनिधिहरुले त्यसको विरोध गरेका थिए । राति अबेरसम्म यसमै गलफत्ती परेपछि मतगणना रोकिएको हो ।

उपदेश यादव पक्षकाले विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेशलाई आफ्नो आधार क्षेत्र ठान्ने गर्दछन् । त्यसैले रातो–कालो मसीको विवादमा उपदेश यादव पक्षले बढी विरोध जनाएको देखिन्छ । विशेष प्रदेशमा २६४, विश्वविद्यालय प्रदेशमा २५८ र मधेश प्रदेशमा १९५ मत खसेको छ । मधेश प्रदेशमा पनि करिब आधा मत गणना गरेर रोकिएको छ । त्यहाँ उपदेशले सबैभन्दा धेरै ३० मत पाएका छन् । अध्यक्षका अर्का प्रत्यासीद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईले समान २०/२० मत पाएका छन् ।

अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार विजय र हेमन्तबीच कडा प्रतिस्पर्धा छ । उपदेश तेस्रो र सुदिन पौडेल चौथो स्थानमा छन् । विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट मानिन्छन् ।  उनीहरुले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचन शनिबार बालमिकी विद्यापीठ प्रदर्शनीमार्गमा भएको थियो । मतगणना पनि सोही स्थानमा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका भोला बरामद
विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका भोला बरामद
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए
नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए
भोटेकोशी बाढीपीडितलाई सोहन झाको ५१ हजार सहयोग
भोटेकोशी बाढीपीडितलाई सोहन झाको ५१ हजार सहयोग
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि
नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल
नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल
शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
शुक्रबार बढ्यो सुनचाँदीको मूल्य