पठाओ र इन्ड्राइभ जस्ता राईड सेयरिङले ‘अफलाइन’ यात्रु बोके जरिबाना हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १९, २०८३
|
|
४०१ पटक हेरिएको
Shares
पठाओ र इन्ड्राइभ जस्ता राईड सेयरिङले ‘अफलाइन’ यात्रु बोके जरिबाना हुने

सारांश

  • नेपालमा  राईड सेयरिङ सेवाले अन्ततः कानुनी वैधानिकता पाउने भएको छ ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२’ को मस्यौदामा पठाओ, इन्ड्राइभ जस्ता सेवालाई पहिलोपटक स्पष्ट रूपमा कानुनी दायरामा ल्याउने प्रस्ताव गरिएको  छ ।
  •  तीन दशक पुरानो ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ लाई प्रतिस्थापन गर्न ल्याइएको यस विधेयकले राईड सेयरिङलाई आधुनिक यातायातको अभिन्न अंगका रूपमा स्विकार्दै नयाँ व्यवस्था गरेको छ ।

१९ वैशाख, काठमाडौँ ।

नेपालमा  राईड सेयरिङ सेवाले अन्ततः कानुनी वैधानिकता पाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२’ को मस्यौदामा पठाओ, इन्ड्राइभ जस्ता सेवालाई पहिलोपटक स्पष्ट रूपमा कानुनी दायरामा ल्याउने प्रस्ताव गरिएको  छ । तीन दशक पुरानो ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ लाई प्रतिस्थापन गर्न ल्याइएको यस विधेयकले राईड सेयरिङलाई आधुनिक यातायातको अभिन्न अंगका रूपमा स्विकार्दै नयाँ व्यवस्था गरेको छ ।

प्रस्तावित विधेयकले पठाओ र इन्ड्राइभ जस्ता सेवा प्रदायक कम्पनीहरूलाई ‘एग्रिगेटर’ अर्थात् मध्यस्थकर्ताका रूपमा परिभाषित गरेको छ । अनलाइन वा डिजिटल माध्यमबाट यातायात सेवाग्राही (यात्रु) र सेवा प्रदायक (चालक) लाई जोड्ने कार्यलाई अब सरकारले आधिकारिक रूपमा वैधानिकता दिनेछ । यससँगै विगतमा निजी नम्बर प्लेटका सवारीले व्यावसायिक काम गरेको भन्दै हुने गरेको कानुनी झमेला अब अन्त्य हुने देखिएको छ । विधेयकको मस्यौदा अनुसार यस्ता डिजिटल प्रणालीमार्फत यातायात सेवा दिने दुई पाङ्ग्रे वा अन्य सवारी साधनले अनिवार्य रूपमा यातायात सेवा पञ्जीकरण गराउनुपर्नेछ । यसका साथै यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अनिवार्य बीमाको व्यवस्था समेत गर्नुपर्ने प्रावधान राखिएको छ । यसले दुर्घटना भएको खण्डमा यात्रु र चालक दुवैको उपचार तथा क्षतिपूर्तिको सुनिश्चितता गर्नेछ ।

साथै राईड सेयरिङलाई कानुनी रूपमा व्यवस्थित गर्ने क्रममा विधेयकले कडाइ पनि गरेको छ । कतिपय चालकले एप प्रयोग नगरी सिधै यात्रुसँग मोलमोलाई गरेर ‘अफलाइन’ यात्रा गराउने गरेको पाइएकाले त्यस्तो कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ । यदि कुनै सवारीले अनलाइन प्रणाली (एप) प्रयोग नगरी अफलाइन यात्रु बोकेको खण्डमा ट्राफिक प्रहरीले तत्कालै दुई हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था गरिएको छ । यसबाट एकातिर यात्रुको सुरक्षा सुनिश्चित हुने र अर्कोतिर चालकले जथाभावी भाडा असुल्ने प्रवृत्तिमा लगाम लाग्ने सरकारको विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
पर्साका जेन-जी युवाले गृहमन्त्री अर्याललाई बुझाए ध्यानाकर्षणपत्र
पर्साका जेन-जी युवाले गृहमन्त्री अर्याललाई बुझाए ध्यानाकर्षणपत्र
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
स्वकीय सचिवको निर्णयविरुद्ध सर्वोच्चमा रिट
स्वकीय सचिवको निर्णयविरुद्ध सर्वोच्चमा रिट
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट