प्रमुख जिल्ला अधिकारीको आदेश नटेर्ने खरिदार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १६, २०८०
|
|
३४ पटक हेरिएको
Shares
प्रमुख जिल्ला अधिकारीको आदेश नटेर्ने खरिदार

सारांश

  • १५ फागुन, कलैया ।
  • जिल्ला प्रशासन कार्यालय बारामा राहदानी शाखामा कार्यरत खरिदार पदका एक कर्मचारीका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।
  • खरिदार पदमा कार्यरत कर्मचारी रामस्नेही यादवका कारण नयाँ राहदानीका लागि बायोमेट्रीक गर्न जाने सेवाग्राहीहरु समस्यामा पर्ने गरेका हुन् ।

अमरेश कुमार पाण्डेय।

१५ फागुन, कलैया । जिल्ला प्रशासन कार्यालय बारामा राहदानी शाखामा कार्यरत खरिदार पदका एक कर्मचारीका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

खरिदार पदमा कार्यरत कर्मचारी रामस्नेही यादवका कारण नयाँ राहदानीका लागि बायोमेट्रीक गर्न जाने सेवाग्राहीहरु समस्यामा पर्ने गरेका हुन् । कार्यालय समय भित्र सकेसम्म कम समय मात्र बस्ने कर्मचारी यादवले सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय बाराले नयाँ राहदानी बनाउनका लागि गरिने बायोमेट्रीकमा अहिले कोटा प्रणालीको विकास गरि टोकनको व्यवस्था गरेको छ । तर यादवले भने जुनसुकै मितिको टोकनलाई पनि चिया नास्ताको खर्च लिई समय भन्दा पहिला नै गर्ने गरेको कार्यालय श्रोतको दाबि रहेको छ । सेवाग्राहीले यादवले भनेको मानेमा जुनसुकै मितिको टोकन भएपनि छिट्टै काम हुने र नमानेको खण्डमा सेवाग्राहीलाई विभिन्न किसीमको दुख दिने गरेका छन् ।

कार्यालय श्रोतका अनुसार पहिला १ सय देखी १ सय २० वटा सम्म बायोमेट्रीक हुने कार्यालयमा अहिले ४० देखि ७० मात्र भईरहेको छ त्यसमा पनि यादवले कुनै काम नगर्ने र उनका अर्का सहयोगीलाई काम गर्न दबाव दिने गरेका छन् । कार्यालय श्रोतको सुचनाको आधारमा मंगलबार दिउँसो १ बजेको समयमा उक्त शाखामा पुग्दा यादव कसैलाई केही नबताई अनुपश्थित थिए तर सेवाग्राही भने झ्याल बाहिर उनलाई कुरेर बसेका थिए । सेवाग्राही मध्येका जितपुरसिमरा उपमहानगरपालिका ५ का संतोष दाहालले आफ्नो कागजात रुजु गर्नका लागि आधि घण्टादेखि कुर्दा पनि यादव सर नआएको बताए ।

त्यती मात्र कहाँ हो र टोकनको मिति लामो समयको भए अर्जेन्टमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीले तोक लगाईदिदा त्यस्ता टोकनलाई खरिदार यादवले सिधै टेबलबाट फाल्ने गरेका छन् । आफुलाई त्यस्ता तोकले कुनै फरक नपर्ने भनेर सेवाग्राहीलाई अपमानित गर्ने गरेको कलैयाका स्थानीय अनिल कुशवाहाले बताए ।

यस विषयमा यादवले भने म कसैको आदेश मान्दीन मलाई जे मन लाग्छ म गर्छु भन्ने खालको प्रतिकृया दिएका छन् । उनले भने “प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारी मेरो शाखामा काम गर्न आउदैनन् त्यही भएर मलाई जे मन लाग्छ म त्यो गर्ने हो”  । काम नगर्ने र सेवाग्राहीलाई विभिन्न बहानामा दुख दिने यस्ता कर्मचारीलाई स्थानीयले कार्वाहीको माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने
काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
लिपुलेकबारे चीनसँग राखेको धारणा ‘रेकर्डेड’ छ, समाधान गर्नुपर्ने त भारतसँग हो: प्रधानमन्त्री ओली
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा
चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ
कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य
३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य
भारतको ५ फाइटर जेट खसालेको पाकिस्तानको दाबी
भारतको ५ फाइटर जेट खसालेको पाकिस्तानको दाबी