१० श्रावण २०८२, शुक्रबार

भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश

२४ माघ, काठमाडौं । भिजिट भिसाको सेटिङमा संलग्न भएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान भएका छन् ।

संगठित अपराध र किर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले मंगलबार उनलाई थुनामा पठाएको हो । अधिकृत खड्कासहित बिचौलियाहरू अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङ जेल चलान भएका हुन् । पक्राउ परेका अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ । दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीलाई ७–७ लाख, गीता शाहलाई पाँच लाख, विनोद कार्कीलाई दुई लाख, रविन अर्याल र पदम लामासँग १–१ लाख धरौटी माग भएको थियो । प्रहरीले गत बिहीबार सरकारी वकिलमार्फत गत साता २२ जनाविरुद्ध मुद्दा चलाएको थियो । जसमा आठजना अध्यागमन अधिकृतसहित १२ जना फरार छन् ।

यसमा मुछिएका अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो पनि फरार छन् । बिचौलिया समूहका केदारबहादुर खड्का, कौशिला मगर, लक्ष्मी राई र रिता दमाईं पनि फरार रहेका छन् । अध्यागमन अधिकृत खड्कालाई गत मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?