विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
८ मंसिर, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्टस्का ओपनर आशिफ शेखको ब्याटिङ चल्न सकेनन् । उनी ११ बलमा ३ चौकाको सहयोगमा १३ रन बनाएर आउट भएका हुन् । आशिफलाई जनकपुरको पहिलो विकेटकमा रुपमा २ ओभरको अन्तिम बलमा विराटगरका सूर्य तामाङलले बोल्ट गरेका हुन् ।

अघिल्लो खेल अर्थात् जनकपुरको उद्घाटन खेलमा आशिफले सिजनकै पहिलो अर्धशतक प्रहार गरेका थिए । उनले ४१ बलमा ५४ रन जोडेका थिए । उद्घाटन खेलमा काठमाडौं गुर्खाजसँग साबिक विजेता जनकपुर बोल्ट्सले ५ विकेटले पराजित भएको थियो ।, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३६ रनको लक्ष्य सहित जनकपुर जबाफी ब्याटिङमा उत्रिएको हो ।




Post Comment