हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ

सारांश

  • स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन छन् ।
  • उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

२३ कात्तिक, काठमाडौं ।

स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । जेनजी आन्दोलनको क्रममा उनी हिरासतबाट फरार भएका थिए । बम्जनलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

उनी कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा परिसरको हिरासतमा थिए । सहकारी ठगीका मुख्य व्यक्ति भनिएका जीबी राईका जेठान हुन् । उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा पनि जोडिएका थिए । अदालतको आदेशपछि उनी १० लाख धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा
कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा
वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार
सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार