Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम

सारांश

  • साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजारमा दशैंको प्रभाव देखिएको छ ।
  • यसदिन नेप्सेसँगै कारोबार रकमपनि घटेको छ ।
  • आज २.

९ असोज, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजारमा दशैंको प्रभाव देखिएको छ । यसदिन नेप्सेसँगै कारोबार रकमपनि घटेको छ । आज २.३५ अंकले घटेको बजार २६५२ अंकमा झरेको छ । यससँगै कारोबार रकम ३ अर्ब २६ करोड रुपैयाँमा खुम्चिएको छ । आज कुल ३२७ स्टकको ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ रुपैयाँको ७९ लाख ५३ हजार ७४० कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार बुधबार २६ अंकले घटेको बजारमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको थियो भने नेप्से २६५४.३५ बिन्दुमा रोकिएको थियो ।

आज कारोबारमा आएका कम्पनीहरु मध्ये १३९ कम्पनीको शेयर मूल्य घट्दा १०७ कम्पनीको शेयर मूल्य भने बढेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ०.१० अंकले घटेको छ । फलेट इन्डेक्स ०.२० अंकले घटेको छभने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ । यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले बढेर ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । प्रभु बैंकको डिबेन्चरको शयेर मूल्य प्रतिकित्ता ८८.८८ रुपैयाँले बढेर १८८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज सिटि होटल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७.५५ प्रतिशतले घटेर ६०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, नारायणी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता ५.८५ प्रतिशितले घटेर ७७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज कारोबार रकमका आधारमा नेपाल पुर्नबिमा कम्पनी शिर्ष स्थानमा रहेको छ । यस कम्पनीको ३० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शेयर कारोबारका आधारमा युनियन हाइडड्रो पावर दोस्रो स्थानमा छ । आज यस कम्पनीको कुल १८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढेको छ । यस दिन बैंकिङ्ग, लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य मात्रै बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
दुई तिहाइको शक्तिशाली मन्त्रालय कसरी चल्दै छन्   ?
दुई तिहाइको शक्तिशाली मन्त्रालय कसरी चल्दै छन् ?
राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
बोलेरोको ठक्करबाट एक  विद्यार्थीको मृत्यु, एक घाइते
बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक