०८४ मा एमालेले एकल बहुमत ल्याउँछ: प्रधानमन्त्री
२० भदौ, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने बताएका छन् । ललितपुरको गोदावरीमा आयोजित दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नयाँ शक्तिलाई लक्षित गर्दै कटाक्ष पनि गरे ।
आरीबाट घोप्ट्याएका केही तत्व छन् । उनीहरू अनेक अनेक गरिरहेका छन्’, उनले भने, ‘उनीहरू आरीबाट घोप्ट्याएपछि सकिन्छन् । तर एमाले भने बलियो शक्ति हो । लाखौँ कार्यकर्तासहितको दह्रो शक्ति हो ।’ ओलीले ०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने बताए । ‘०८४ मा एमालेले एकल बहुमत ल्याउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment