जरिबाना नतिर्ने दलले चुनाव लड्न पाएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
जरिबाना नतिर्ने दलले चुनाव लड्न पाएन

सारांश

  • निर्वाचन आयोगले तोकेको जरिबाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज भएको छ ।
  • निर्वाचन आयोगले गत मंसिर १४ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन लिएको थियो ।
  • जस अन्तर्गत १२० दलले निवेदन दिएका थिए ।

२३ मंसिर, काठमाडौं ।

निर्वाचन आयोगले तोकेको जरिबाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज भएको छ । निर्वाचन आयोगले गत मंसिर १४ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन लिएको थियो । जस अन्तर्गत १२० दलले निवेदन दिएका थिए । १२० वटा दलभित्र निर्वाचन आयोगले समयमै आय-व्यव विवरण नबुझाएका कारण जरिबाना तोकेका ६ वटा राजनीतिक दल समेत थिए ।

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चाले आर्थिक वर्ष २०८०/८१ को आय-व्यय विवरण बुझाएका थिएनन् । यी ६ वटा दलमध्ये एउटाले निर्वाचन प्रयोजनका लागि दिएको दल दर्ताको निवेदन नै फिर्ता लियो । चारवटा दलले अन्य दलसँग संयुक्त चुनाव लड्ने भनेर निवेदन दिए । आयोगले तोकेको जरिबाना पनि तिरे । तर, अखण्ड सुदूरपश्चिम पार्टीले भने जरिबाना रकम तिरेन । जरिबाना नतिरेपछि आयोगले दल दर्ताको लागि दिएको निवेदन नै खारेज गरिदिएको हो । निर्वाचन आयोगले २१ फागुनमा तय भएको चुनावमा भाग लिने दलहरूको सूची सार्वजनिक गरिसकेको छ । प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ११४ दलले भाग लिँदैछन् । समानुपातिक तर्फ भने दल दर्ताको क्रम चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशसभाको बैठक आज
बागमती प्रदेशसभाको बैठक आज
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
८ महिनापछि मधेसमा वर्षा, सर्लाहीमा २८ मिलिमिटर पानी पर्यो
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
प्रधानमन्त्री ओलीको आह्वान- शान्ति प्रक्रिया सफल पारौं, श्रेय मबाहेक अरु सबैलाई दिन्छु
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु
रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी
रविको भनिएको भाइरल फोटोको वास्तविकता के हो ? अनुसन्धानमा जुट्यो प्रहरी
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्:  प्रधानमन्त्री कार्की
परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्: प्रधानमन्त्री कार्की
सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय
सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय
तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता