मेयर जयप्रकाशको धम्कीपछि पत्रकार प्रजापतिको शंकास्पद आत्मह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
३० पटक हेरिएको
Shares
मेयर जयप्रकाशको धम्कीपछि पत्रकार प्रजापतिको शंकास्पद आत्मह*त्या

सारांश

  • रौतहटको कटहरिया नगरपालिका–५ का पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
  • अन्दाजी ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजेको समयमा झुण्डिएको अवस्थामा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए।
  • परिवारका सदस्यले तत्कालै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेपछि गरुडा स्थित ग्राण्डी अस्पतालमा पुर्याइएको थियो।

४ साउन, रौतहट ।

रौतहटको कटहरिया नगरपालिका–५ का पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। अन्दाजी ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजेको समयमा झुण्डिएको अवस्थामा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए। परिवारका सदस्यले तत्कालै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेपछि गरुडा स्थित ग्राण्डी अस्पतालमा पुर्याइएको थियो।

तर, अस्पतालमा चिकित्सकले राति १० बजे उनलाई मृत घोषणा गरेका थिए। प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए। प्रहरीका अनुसार उनी केही दिनयता पारिवारिक तनावमा थिए। यस्तै, जेठको अन्तिम साता उनले सम्प्रेषण गरेको एक समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्की आएको प्रारम्भिक जानकारी छ।

पारिवारिक समस्या र धम्कीका कारण उनी मानसिक तनावमा रहेकाले आत्महत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ। हाल उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’
काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’
ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र
मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद
मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै