सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मेयर जयप्रकाशको धम्कीपछि पत्रकार प्रजापतिको शंकास्पद आत्मह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
६८ पटक हेरिएको
Shares
मेयर जयप्रकाशको धम्कीपछि पत्रकार प्रजापतिको शंकास्पद आत्मह*त्या

सारांश

  • रौतहटको कटहरिया नगरपालिका–५ का पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
  • अन्दाजी ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजेको समयमा झुण्डिएको अवस्थामा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए।
  • परिवारका सदस्यले तत्कालै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेपछि गरुडा स्थित ग्राण्डी अस्पतालमा पुर्याइएको थियो।

४ साउन, रौतहट ।

रौतहटको कटहरिया नगरपालिका–५ का पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। अन्दाजी ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजेको समयमा झुण्डिएको अवस्थामा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए। परिवारका सदस्यले तत्कालै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेपछि गरुडा स्थित ग्राण्डी अस्पतालमा पुर्याइएको थियो।

तर, अस्पतालमा चिकित्सकले राति १० बजे उनलाई मृत घोषणा गरेका थिए। प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए। प्रहरीका अनुसार उनी केही दिनयता पारिवारिक तनावमा थिए। यस्तै, जेठको अन्तिम साता उनले सम्प्रेषण गरेको एक समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्की आएको प्रारम्भिक जानकारी छ।

पारिवारिक समस्या र धम्कीका कारण उनी मानसिक तनावमा रहेकाले आत्महत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ। हाल उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी
बाराको सिमरा अझै अशान्त, आज पनि कर्फ्यु आदेश जारी
एनपीएलको अक्सन सुरु, १० लाखमा चितवन राइनोजले लियो रिजन ढकाललाई
एनपीएलको अक्सन सुरु, १० लाखमा चितवन राइनोजले लियो रिजन ढकाललाई
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत लिम्बूको मृत्यु
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत लिम्बूको मृत्यु
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
विराटनगर विमानस्थलबाट साढे ६ लाखसहित उपसचिव पक्राउ
विराटनगर विमानस्थलबाट साढे ६ लाखसहित उपसचिव पक्राउ
बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर