चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
चुनावको तयारीबारे छलफल गर्न आज रास्वपा, राप्रपा र जनमतसँग सरकार

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ ।
  • चुनावी वातावरण अनुकूल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका केन्द्रीय कार्यालयमा पुगेर अनुगमन तथा छलफल गर्ने भएको हो ।
  • बुधबार सरकारी टोलीले दलहरूसँग निर्वाचनको तयारी, राजनीतिक वातावरण र सहकार्यका सम्भावनाबारे प्रत्यक्ष रूपमा छलफल गर्ने जनाएको छ ।

९ पुस, काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ ।चुनावी वातावरण अनुकूल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका केन्द्रीय कार्यालयमा पुगेर अनुगमन तथा छलफल गर्ने भएको हो ।

बुधबार सरकारी टोलीले दलहरूसँग निर्वाचनको तयारी, राजनीतिक वातावरण र सहकार्यका सम्भावनाबारे प्रत्यक्ष रूपमा छलफल गर्ने जनाएको छ । समितिको तालिकाअनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पुगेर संवाद गरिनेछ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको उक्त समितिले यसअघि प्रमुख राजनीतिक दलहरूसँग पनि संवाद गरिसकेको छ ।

सरकारका प्रवक्ता जगदीश खरेलले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र सहभागीमूलक बनाउने उद्देश्यले दलहरूसँग चरणबद्ध रूपमा संवाद अघि बढाइएको बताए । उनका अनुसार दलहरूको चासो र सुझावलाई समेट्दै चुनावी माहोल निर्माणमा सरकार सक्रिय रूपमा जुटेको छ । यसअघि समितिले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालयमा पुगेर नेताहरूसँग प्रत्यक्ष छलफल गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा बस दुर्घटना, ७ जनाको मृत्यु
पाकिस्तानमा बस दुर्घटना, ७ जनाको मृत्यु
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ
प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै
मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु
मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
दुर्गा प्रसाईंसहित तीनकुने घटनाका आरोपीहरुको थुनछेक बहस सकियो, आदेश आउँदै
दुर्गा प्रसाईंसहित तीनकुने घटनाका आरोपीहरुको थुनछेक बहस सकियो, आदेश आउँदै
चौधरी ग्रुपद्वारा देशको कुल राजस्वमा दुई प्रतिशत योगदान
चौधरी ग्रुपद्वारा देशको कुल राजस्वमा दुई प्रतिशत योगदान