सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने

सारांश

  • इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।
  • नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।
  • हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको हो ।

१० असार, काठमाडौं ।

इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ । नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको हो ।

सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो । त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए ।उनीहरु सोमबार राति विमानस्थलमै सुतेका थिए । राति १ बजेतिर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । रातिदेखि उडान नभएपछि यात्रुहरु भने अहिले पनि विमानस्थलमै अलमलमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
  आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
  आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
बागमती नदीले सतर्कता तह पार गर्‍यो
बागमती नदीले सतर्कता तह पार गर्‍यो
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ
२०३५ सालमा रेडियो चोरी गरेका व्यक्ति ४७ वर्षपछि पक्राउ
अत्यधिक गर्मी बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा
अत्यधिक गर्मी बढेपछि विराटनगरका विद्यालयमा तीन दिन बिदा