११ श्रावण २०८२, शनिबार

झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु

झापामा मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी प्रहरी बल नेपालका एक जना प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३, सानो केर्खामा मोटरसाइकल दुर्घटना हुँदा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भएको हो ।

बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र १–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।  दुर्घटनामा गम्भीर घाइते भएका  सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?