पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
३० पटक हेरिएको
Shares
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला

सारांश

  •   हालैको पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तान लगायत विभिन्न देशका ह्याकिङ गिरोहले भारतीय प्रणालीहरूमा १० लाखभन्दा बढी साइबर आक्रमण गरेको छन् ।
  • महाराष्ट्र प्रहरीको साइबर अपराध अनुसन्धान शाखा, महाराष्ट्र साइबरले यस्तो बताएको हो ।
  •   कश्मीरमा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि डिजिटल आक्रमणका घटनाहरूमा वृद्धि भएको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका हुन् ।

 

नयाँ दिल्ली ।  हालैको पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तान लगायत विभिन्न देशका ह्याकिङ गिरोहले भारतीय प्रणालीहरूमा १० लाखभन्दा बढी साइबर आक्रमण गरेको छन् । महाराष्ट्र प्रहरीको साइबर अपराध अनुसन्धान शाखा, महाराष्ट्र साइबरले यस्तो बताएको हो ।  कश्मीरमा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि डिजिटल आक्रमणका घटनाहरूमा वृद्धि भएको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका हुन् । ‘पहलगाम आक्रमणपछि भारतमा १० लाखभन्दा बढी साइबर आक्रमण भएका छन्’ महाराष्ट्र साइबर विभागका अतिरिक्त प्रहरी महानिर्देशक यशस्वी यादवले भने ।

भारतीय वेबसाइट र पोर्टलहरूलाई लक्षित गर्ने यी आक्रमणहरू पाकिस्तान, मध्यपूर्व, इन्डोनेसिया र मोरक्कोबाट गरिएको उनको भनाइ थियो । कयौं ह्याकिङ समूहहरूले आफूलाई इस्लामवादी समूह भएको दाबी गरेको उनले बताए । यसलाई उनले सम्भवतः साइबर युद्ध हुनसक्ने भनेका छन् ।  महाराष्ट्र साइबरले कयौँ साइबर आक्रमणहरूलाई विफल पारेको पनि उनले बताए । नोडल कार्यालयले सबै सरकारी विभागहरूको लागि एक सल्लाह तयार पारेको छ । यसमा उनीहरूलाई आफ्नो साइबर पूर्वाधार बलियो बनाउन भनिएको छ ।  अप्रिल २२ मा, दक्षिण कश्मीरको पहलगाम नजिकै बैसरनमा आतङ्ककारीहरूले गरेको आक्रमणमा नेपाली समेत २६ जनाको हत्या भएको थियो । यसरी मर्नेमध्ये अधिकांश पर्यटक थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ