राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २०, २०८३
|
|
१९६ पटक हेरिएको
Shares
राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने

सारांश

  • राहदानी विभागले राहदानी जारी गर्ने प्रणाली स्तरोन्नति गर्दै नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ।
  • प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ।
  • विभागले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिनेछ।

काठमाडौं ।

राहदानी विभागले राहदानी जारी गर्ने प्रणाली स्तरोन्नति गर्दै नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ। विभागले बिहीबार जारी गरेको जरुरी सूचनाअनुसार आगामी असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन गरिनेछ। यसअघि नै प्रणाली परिवर्तनका क्रममा सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जानकारी विभागले सार्वजनिक गरिसकेको थियो।

सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि पूर्ण रूपमा बन्द रहनेछ। यस्तै, राहदानी विभाग बाट प्रत्यक्ष रूपमा प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनका लागि स्थगित हुनेछ। विभागले नयाँ प्रणाली लागू भएपछि सेवा प्रवाह थप सुरक्षित, प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ। प्रणाली स्तरोन्नतिको अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै विभागले आवश्यक सहयोग र सहकार्यका लागि सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकको बील पास गर्न १ लाख घुस माग्ने गाउँपालिकाका लेखा अधिकृत रंगेहात पक्राउ
सडकको बील पास गर्न १ लाख घुस माग्ने गाउँपालिकाका लेखा अधिकृत रंगेहात पक्राउ
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
हर्क साम्पाङका समर्थकहरु भन्छन् : ‘श्रम संस्कृति पार्टी’ले इतिहास रच्नेछ’
हर्क साम्पाङका समर्थकहरु भन्छन् : ‘श्रम संस्कृति पार्टी’ले इतिहास रच्नेछ’
सामाजिक सञ्जालको दरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
नागरिकता किर्ते गर्ने बैङ्क खाता खोलेर ठगी गर्ने दुई जना पक्राउ
नागरिकता किर्ते गर्ने बैङ्क खाता खोलेर ठगी गर्ने दुई जना पक्राउ
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा
पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ: सुनिता डंगोल
पीडितका लागि वडा महिला सञ्जालमार्फत तत्काल राहतको काम हुनुपर्छ: सुनिता डंगोल
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन
कमला बचाऔं अभियानलाई साथ दिने लामिछानेको वचन