रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?

सारांश

  • गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन् ।
  • बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो जिज्ञासा राखेका हुन् ।
  • आफूले लामिछाने भिजिटरको रुपमा अमेरिका गएको भन्ने आफूले सुनेको बताउँदै त्यसबारे जानकारी दिन आग्रह गरेका छन् ।

२५ असार, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो जिज्ञासा राखेका हुन् । आफूले लामिछाने भिजिटरको रुपमा अमेरिका गएको भन्ने आफूले सुनेको बताउँदै त्यसबारे जानकारी दिन आग्रह गरेका छन् ।

‘माननीय रवि लामिछाने जी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थयो । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो अरे, भन्ने सुनेको थिएँ । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको । होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’

लगत्तै, उनले भिजिट भिसामै गएको भए सोही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? भन्दै प्रश्न पनि गरे । ‘अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने ?,’ गृहमन्त्री लेखकले प्रश्न गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार
आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी
आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर