आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
४१ पटक हेरिएको
Shares
आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै

सारांश

  • सरकारले ल्याएको पाँच अध्यादेश प्रतिस्थापन विधेयर आज राष्ट्रिय सभाबाट पारित गरिंदैछ ।
  • बैठक सवा ११ बजे बस्दैछ ।
  • अध्यादेश संसद सुरु भएको ६० दिनभित्र ऐनमा रुपान्तरित भइसक्नपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ ।

१८ चैत, काठमाडौं ।

सरकारले ल्याएको पाँच अध्यादेश प्रतिस्थापन विधेयर आज राष्ट्रिय सभाबाट पारित गरिंदैछ । बैठक सवा ११ बजे बस्दैछ । अध्यादेश संसद सुरु भएको ६० दिनभित्र ऐनमा रुपान्तरित भइसक्नपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ । यी विधेयकहरू सोमबार राति १२ बजेसम्म ऐनमा रुपान्तरित भइसक्नुपर्छ ।

त्यसैले आजै छलफलसहित पारित गर्ने तयारी गरिएको हो । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आज दफाबार छलफल गरी प्रतिस्थापन विधेयक राष्ट्रिय सभाबाट पारित गर्ने सहमति भएको छ । यसअघि कुलमान घिसिङको विषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरुद्ध गरेपछि यो प्रक्रिया अघि बढ्न सकेको थिएन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सुरुमै सम्बोधन गर्ने सहमति भएपछि विधेयक पनि पारित हुने भएको हो । दुवै सदनबाट पारित भएपछि यो विधेयक राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण हुनेछ । र, कानून बन्नेछ । सरकारले संसद अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।

त्यसमध्ये गत माघ २ गते जारी भएको भूमिसम्बन्धी अध्यादेश होल्ड भएको छ । गत पुस १४ गते सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, पुस २९ गते जारी भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश पारित गरेर प्रतिस्थापन विधेयक ल्याइएको हो ।यी ५ वटै अध्यादेश दुवै सदनबाट स्वीकृत भएर विधेयकको रुपमा संसदमा आएको छ । ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
कास्की कारागारबाट भागे ९ सयभन्दा बढी कैदीबन्दी
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता
लेबनानमा इजरायलको घा*तक हमला, २५० भन्दा बढीको मृ*त्यु
लेबनानमा इजरायलको घा*तक हमला, २५० भन्दा बढीको मृ*त्यु
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा
मानव अधिकार आयोगका पदाधिकारीहरू आकस्मिक बैठकमा
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी
सामान्य विवादको कारण झगडा हुदा एक जना गम्भीर घाइते
सामान्य विवादको कारण झगडा हुदा एक जना गम्भीर घाइते