२६ जेष्ठ २०८२, आईतवार

आज राष्ट्रिय सभाबाट ५ अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिंदै

 

१८ चैत, काठमाडौं ।

सरकारले ल्याएको पाँच अध्यादेश प्रतिस्थापन विधेयर आज राष्ट्रिय सभाबाट पारित गरिंदैछ । बैठक सवा ११ बजे बस्दैछ । अध्यादेश संसद सुरु भएको ६० दिनभित्र ऐनमा रुपान्तरित भइसक्नपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ । यी विधेयकहरू सोमबार राति १२ बजेसम्म ऐनमा रुपान्तरित भइसक्नुपर्छ ।

त्यसैले आजै छलफलसहित पारित गर्ने तयारी गरिएको हो । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार आज दफाबार छलफल गरी प्रतिस्थापन विधेयक राष्ट्रिय सभाबाट पारित गर्ने सहमति भएको छ । यसअघि कुलमान घिसिङको विषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरुद्ध गरेपछि यो प्रक्रिया अघि बढ्न सकेको थिएन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सुरुमै सम्बोधन गर्ने सहमति भएपछि विधेयक पनि पारित हुने भएको हो । दुवै सदनबाट पारित भएपछि यो विधेयक राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण हुनेछ । रकानून बन्नेछ । सरकारले संसद अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।

त्यसमध्ये गत माघ २ गते जारी भएको भूमिसम्बन्धी अध्यादेश होल्ड भएको छ । गत पुस १४ गते सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशपुस २९ गते जारी भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेशआर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेशनिजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश पारित गरेर प्रतिस्थापन विधेयक ल्याइएको हो ।यी ५ वटै अध्यादेश दुवै सदनबाट स्वीकृत भएर विधेयकको रुपमा संसदमा आएको छ । ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?