च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने

२५ फागुन, काठमाडौं । न्यूजिल्याण्डले च्याम्पियन्स ट्रफीको उपाधिका भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबईस्थित इन्टरनेसनल क्रिकेट स्टेडियममा एक पटकको च्याम्पियन्स ट्रफी च्याम्पियन न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको हो । अब भारत फिल्डिङमा उत्रनेछ । समूह चरणमै न्युजिल्यान्डलाई ४४ रनले हराएको २ पटकको च्याम्पियन भारत भारतका लागि आज दुबईको पिच निकै सुहाउने देखिन्छ । भारत सुरक्षाको कारण देखाउँदै पाकिस्तान नगएपछि युएई सहआयोजक बनेको हो ।

भारत मात्र एक टोली हो, जुन पाकिस्तानको भ्रमण नै नगरी फाइनलमा प्रवेश गरेको छ । त्यसकारण पनि भारत अन्य टोलीभन्दा दुबईको पिचसँग परिचित देखिन्छ । प्रतियोगिताको ४ वटै खेल सोही मैदानमा खेल्दै सबैमा जित हात पारेको सुखद अनुभव भएका कारण फाइनल खेलमा पनि सोही नतिजा दोहोर्याउनेमा भारत ढुक्क छ । तर अर्कोतर्फ न्युजिल्याण्ड भने समूहचरणको हारको बदला लिँदै २५ वर्षपछि दोस्रो च्याम्पियन्स ट्रफीको उपाधि हात पार्न चाहन्छ । तर त्यसका लागि न्युजिल्यान्डलाई हार्दिक पाण्ड्या, मोहम्द शामी, बरुण चक्रवर्ती र अक्षर पटेलको धारिलो बलिङलाई चिर्दै उच्च स्कोरर बनाउनुपर्ने दबाब छ ।




Post Comment