२६ जेष्ठ २०८२, आईतवार

भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

 

१३ माघ, जिल्ला सभापति सिंह दोषी ठहर भएकाले हटाउन माग गरेका छन् । सिंह वन मुद्दामा भ्रष्टचार ठहर भएका व्यक्ति हुन् । सर्वोच्च अदालतले दोषी ठहर गरेका व्यक्तिलाई पदमा राख्न नहुने माग सहित नेता कार्यकर्ता धर्नामा उत्रिएका हुन् ।

जिल्ला सभापति सिंह दोषी ठहर भएकाले हटाउन माग गरेका छन् । सिंह वन मुद्दामा भ्रष्टचार ठहर भएका व्यक्ति हुन् । सर्वोच्च अदालतले दोषी ठहर गरेका व्यक्तिलाई पदमा राख्न नहुने माग सहित नेता कार्यकर्ता धर्नामा उत्रिएका हुन् । पूर्व जिल्ला सभापति लक्ष्मण राय र हालका जिल्ला उपसभापति नवीन अधिकारीको नेतृत्वमा सय बढी नेता कार्यकर्ताले धर्ना दिइरहेको तरुण दलको केन्द्रीय ललनकुमार यादवले जानकारी दिए ।

सिंहलाई सर्वोच्चले चार महिना १५ दिन कैद सजाय हुने आदेश दिएपनि उनी पदमा कायम छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर व्यक्तिलाई पार्टीबाट हटाउनुपर्ने ९/१० महिनाअघि देखि नै माग गरेपनि पदमुक्त नगरेकाले धर्नामा बस्नुपरेको तरुण दलका केन्द्रीय सदस्य यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?