नेम्वाङको निधनमा शोक मनाउन एमालेका सबै कार्यक्रम स्थगित 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २६, २०८०
|
|
१८ पटक हेरिएको
Shares
नेम्वाङको निधनमा शोक मनाउन एमालेका सबै कार्यक्रम स्थगित 

सारांश

  • नेकपा एमालेले आफ्ना उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरेको छ।
  • इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा संविधान सभाका अध्यक्ष नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो।
  •   उनको निधनमा शोक मनाउन अर्को सूचना जारी नभएसम्मका लागि पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरिएको कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

काठमाडौं।

नेकपा एमालेले आफ्ना उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरेको छ। इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा संविधान सभाका अध्यक्ष नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो।

उनको निधनमा शोक मनाउन अर्को सूचना जारी नभएसम्मका लागि पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरिएको कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिएको उनले जानकारी दिए।

‘हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ । हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम- २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १:४० बजे त्रि । वि । शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ,’ कार्यबाहक महासचिव ज्ञवालीले भने, ‘उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले तुल्सीलाल स्मृति हल, पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिएको छ ।

शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि छ । इलाम- २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो । उनको विदेशमा रहेका छोराहरू आइसकेपछि अन्त्येष्टि गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सदन किराँतीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो
स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो
कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल
कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
यी हुन आज अवरुद्ध भएका सडकहरू (सूचीसहित)
यी हुन आज अवरुद्ध भएका सडकहरू (सूचीसहित)
बालेनलाई गण्डकीका मन्त्रीको धम्की, `के हो भाइ तिम्रो पारा ?´
बालेनलाई गण्डकीका मन्त्रीको धम्की, `के हो भाइ तिम्रो पारा ?´
सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो
जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली
विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली