२६ भाद्र २०८२, बिहीबार

भ्यू प्वाइन्टनजिकै फेरि अर्को दुर्घटनाः मोटरसाइकल ६० मिटर तल खस्यो, दुई युवाको गयो ज्यान

 

२२ असोज, रुपन्देहीको बुटवलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ भ्यू प्वाइन्टनजिकै लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलचालक बुटवल उपमहान–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र मोटरसाइकलको पछाडि सवार दाङको राप्ती गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवर छन् । रुपन्देही र पाल्पाको संगमस्थल बुटवलमाथि डाँडामा अवस्थित नुवाकोटबाट उनीहरू मंगलवार बिहान तल झर्दै थिए । सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

Post Comment