सुनको मूल्यमा झिनो गिरावट
३० साउन, काठमाडौँ- आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला हिजो मंगलबारको तुलनामा ३०० सय रुपैयाँले घटेको छ। यस्तै चाँदी पनि प्रतितोला पाँच रुपैयाँ घटेको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँँ निर्धारण गरिएको छ।
चाँदी प्रतितोला १ हजार ७३५ मा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment