काठमाडौं आइपुगे भारतका विद्युत् मन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
५५ पटक हेरिएको
Shares
काठमाडौं आइपुगे भारतका विद्युत् मन्त्री

सारांश

  • भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् ।
  • उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।

९ वैशाख, काठमाडौं ।

भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् । उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।

३० माघ २०८१ मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले त्यहाँका विद्युत्‌मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्‌मन्त्री खट्टरले आज भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।

खट्टरले आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्नेछन् । दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौतापत्रमा पनि हस्ताक्षर हुनेछ । त्यस्तै १० वैशाखमा भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् । खट्टर सोही दिन साँझ पशुपतिनाथ दर्शन गरेर भारत फर्कने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राइड सेयरिङविरुद्ध उत्रिएका यातायात व्यवसायी र सरकारबीच सहमति
राइड सेयरिङविरुद्ध उत्रिएका यातायात व्यवसायी र सरकारबीच सहमति
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो
लिङ्देनको आरोप- लुटतन्त्रको रक्षाका लागि माओवादीले समझदारी गर्‍यो
आज इन्द्र जात्रा मनाइँदै
आज इन्द्र जात्रा मनाइँदै
भारतमा नक्सलवादी विद्रोहीको आक्रमणमा वरिष्ठ प्रहरी अधिकारीको मृत्यु
भारतमा नक्सलवादी विद्रोहीको आक्रमणमा वरिष्ठ प्रहरी अधिकारीको मृत्यु
जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो
जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
सप्तरीमा बाढी : ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित
सप्तरीमा बाढी : ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...