झिझिया नृत्य प्रतियोगिता सम्पन्न
सारांश
- वि.
- स.
- चौकमा नेपालीहरूको महान चाडपर्व विजयादशमीको अवसरमा जिल्ला स्तरीय झिझिया नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
२८ असोज, सर्लाहीको सदरमुकाम मलंगवास्थित जि.वि.स. चौकमा नेपालीहरूको महान चाडपर्व विजयादशमीको अवसरमा जिल्ला स्तरीय झिझिया नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। हिन्दू सम्राट सेना नेपाल र श्री श्री १०८ श्री दुर्गा पूजा समिति जि.वि.सि चौक मलंगवाको संयुक्त आयोजनामा सम्पन्न भएको यो प्रतियोगितामा विभिन्न टिमहरूले आफ्नो उत्कृष्ट प्रस्तुतिहरू देखाएका थिए।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै आश्रम टिमले २०,००० रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ। यस टिमलाई हिन्दू सम्राट सेनाको बत्रौल शाखा र श्री श्री १०८ श्री दुर्गा पूजा समितिको तर्फबाट पुरस्कृत गरिएको थियो। दोस्रो स्थानमा माँ बैष्णवी टिमले १०,००० रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो, जसलाई विजडम कोचिङ सेन्टर मलंगवाले प्रदान गरेको हो। तेस्रो स्थानमा रहेको विश्वकर्मा टिमले ५,००० रुपैयाँ र प्रमाणपत्र पाउन सफल भयो, जुन पुरस्कार न्यु भुमेश्वर होटल मलंगवाले प्रदान गरेको थियो।

झिझिया नृत्य प्रतियोगिताको मुख्य सहयोग जिनिसा केसी र बिबेक बस्नेत ललितपुरको तर्फबाट प्राप्त भएको थियो। कार्यक्रम हिन्दू सम्राट सेना नेपालको केन्द्रिय उपाध्यक्ष कृष्णा यादवको विशेष पहलमा सम्पन्न भएको हो। सर्लाहीको सांस्कृतिक पहिचान झल्काउने यस प्रतियोगिताले स्थानीय स्तरमा राम्रो सन्देश पुर्याएको छ।


सम्बन्धित खबर
प्रतिक्रिया