प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
५८ पटक हेरिएको
Shares
प्रहरी हिरासतमै बिरामी परे छविलाल जोशी, बयान रोकेर अस्पताल लगियो

सारांश

  • काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका जोशी बिरामी परेपछि उनको बयान लिने काम पनि रोकिएको छ ।
  •  जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित मुद्दाको अनुसन्धान गरिरहेको छ ।
  • बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लैजानुपर्ने बिरामी भएपछि छविलाई उपचारका लागि अस्पताल लगिएको छ ।

१० असोज ,सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी बिरामी परेका छन् ।

काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरी हिरासतमा रहेका जोशी बिरामी परेपछि उनको बयान लिने काम पनि रोकिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित मुद्दाको अनुसन्धान गरिरहेको छ । बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लैजानुपर्ने बिरामी भएपछि छविलाई उपचारका लागि अस्पताल लगिएको छ ।  उनलाई हल्का निमोनियाको

लक्षण देखिएको प्रहरीले जनाएको छ । रुघाखोकीले समेत ग्रस्त भएपछि बयानमा नलगिएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । जोशीलाई मंगलबार दुई घण्टा सरकारी वकिल कार्यालयमा सोधपुछ गरिएको थियो । उनी बुधबारदेखि बिरामी भएको प्रहरीले जनाएको छ ।गोरखा मिडिया नेटवर्कमा अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेका व्यापारिक साझेदार

छविले सहकारीको रकम अपचलनबारे आफूलाई जानकारी नभएको संसदीय विशेष छानबिन समितिमा बयान दिएका थिए । समितिले जीबी, रवि र छविसहितलाई कारबाहीको सिफारिस गरेको थियो ।​ जीबी अहिले मलेसियामा छन् । रवि भने आफ्नो बचाउका लागि सामाजिक सञ्जालमार्फत् समर्थक र शुभेच्छुकसँग अनुनयविनय गरिरहेका छन् । प्रहरीले यसअघि रविलाई पनि पक्राउ गर्ने तयारी गरेको थियो । तर, अब

छविको बयानपछि मात्रै रविलाई पक्राउ गर्ने कास्की प्रहरीको तयारी छ । छविलाई संगठित अपराधमा मुद्दा दर्ता गरेकाले रविलाई पक्राउ गरेर बयान नलिई मुद्दा नटुंगिने प्रहरीले जनाएको छ ।छविले प्रहरीले पक्राउ गर्दा नै आफूभन्दा धेरै जानकारी रवि र जीबीलाई भएको भन्दै उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्न भनेका थिए ।  मलेसियामा लुकेर बसेका भनिएका जीबीविरुद्ध डिफ्यूजन र रेड नोटिस जारी भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते
सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी
प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
८० हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
८० हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सिंहदरबारमा योजना आयोगका पदाधिकारी र सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री
सिंहदरबारमा योजना आयोगका पदाधिकारी र सचिवलाई निर्देशन दिंदै प्रधानमन्त्री
आज विश्व वातावार‌ण दिवस मनाइँदै
आज विश्व वातावार‌ण दिवस मनाइँदै
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...