भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु

सारांश

  • चितवनको भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ ।
  • अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं.

५ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ । अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं. ५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन् । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको बताए । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भैरहेको बताए ।मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा
कस्तो रहला त आजको मौसम ?
कस्तो रहला त आजको मौसम ?
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या
चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष दाहाल
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह