खानेपानीमन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेट
२ साउन काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैंक (एडीबी)का देशीय निर्देशक अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानेपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्त्वपूर्ण सहयोगका लागि एडीबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गए । मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलमा बाढीले पुर्याएको क्षतिलाई दृष्टिगत गरी आवश्यक मर्मत सम्भार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिए । उनले याङ्ग्री र लार्केको पानीसमेत काठमाडौंमा ल्याउने परियोजना आफ्नै कार्यकालमा पूरा गर्न प्रयास गर्ने बताए ।
एडीबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यस अवसरमा खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको सम्भावनाका बारेमा छलफल भएको थियो ।
Post Comment