२६ जेष्ठ २०८२, आईतवार

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते

 

२८ जेठ, काठमाडौँ । ​सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेका उजुरीसहितका सक्कल मिसिल झिकाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार उक्त आदेश गरेको हो । लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितका माग राखेर सर्वोच्चमा परेको रिटलाई अग्राधिकार दिँदै आगामी असार ४ गते पेशी तोकिएको छ ।  ‘यसमा कृष्णप्रसाद खरेलसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जितेन्द्रबावु राई (जीबी)समेत भएको सहकारी ठगीको मुद्दा नम्बर ०८०-८१-०९८७ नम्बरको मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाई पूर्व आदेशानुसार अग्राधिकार दिई मिति २०८१/०३/०४ को पेशी तोकी नियमानुसार पेश गर्नुहोला,’ आदेशमा भनिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दिनमणि पोखरेललगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । शुरूमा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो । त्यसपछि भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । रिटमा  रविमाथि सहकारी ठगीमा कुनै अभियोग वा छानबिन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजीको माग गरिएको थियो ।

आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment