देउवाले बोलाए विपक्षी दलको बैठक
४ जेठ, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।
नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठक सकिएलगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएका हुन् । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । 



Post Comment