दानबहादुर कार्कीको रिटको सुनुवाइ न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १०, २०८३
|
|
५१ पटक हेरिएको
Shares
दानबहादुर कार्कीको रिटको सुनुवाइ न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

सारांश

  • निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ ।
  • आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले आईजीपीमा पुनर्वाहलीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
  • यसअघि दुई पटकसम्म कार्कीको मुद्दाका पेसी तोकिएको थियो ।

 

९ मंसिर, काठमाडौं ।

निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ ।

आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले आईजीपीमा पुनर्वाहलीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि दुई पटकसम्म कार्कीको मुद्दाका पेसी तोकिएको थियो । ७ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो ।

कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि आईजीपीमा बढुवा गरिएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै ७ मंसिरको सुनुवाइ ९ मंसिरलाई पेसीको मिति तोकेर सकिएको थियो ।

१८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोजकुमार केसीलाई आईजीपी बनाइएको थियो ।

उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा
एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा
तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
बंगलादेशमा हिन्दु युवकको ह*त्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन
बंगलादेशमा हिन्दु युवकको ह*त्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन
कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन
कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु
पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण