दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८३
|
|
१२ पटक हेरिएको
Shares
दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त

सारांश

  • निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय गरेको छ ।
  • आयोगले २०८३ मङ्सिर ३ गते प्रकाशन गरेको सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी प्राप्त भएकाले २०८३ मङ्सिर २ गते पद रिक्त हुने निर्णय गरिएको हो ।
  • पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गरी दल त्याग गरेको व्यहोरासहित केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपि आयोगमा प्राप्त भएपछि नियमावलीको नियम २२ को उपनियम (२) अनुसार सूचना सार्वजनिक गरिएको जनाइएको छ ।

 

काठमाडौं ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय गरेको छ । आयोगले २०८३ मङ्सिर ३ गते प्रकाशन गरेको सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी प्राप्त भएकाले २०८३ मङ्सिर २ गते पद रिक्त हुने निर्णय गरिएको हो ।

पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गरी दल त्याग गरेको व्यहोरासहित केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपि आयोगमा प्राप्त भएपछि नियमावलीको नियम २२ को उपनियम (२) अनुसार सूचना सार्वजनिक गरिएको जनाइएको छ । सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडा अध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडा अध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ । यस्तै पर्साको कालिकामाई गाउँपालिका–१ का वडा अध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेलको पद पनि रिक्त भएको छ ।

खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद रिक्त भएको छ । खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडा अध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता विक, वडा सदस्यद्वय रामधन राई र शहर मनी राई तथा नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नालको पद रिक्त भएको छ । यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडा अध्यक्ष बाल चन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडा अध्यक्ष छत्र बहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडा अध्यक्ष ढाल बहादुर गुरूङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडा अध्यक्ष जुडिलाल कौडगियाको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिए
चुच्चेपाटीस्थित भाटभटेनीभित्र जलेको अवस्थामा ६ वटा श*व फेला
चुच्चेपाटीस्थित भाटभटेनीभित्र जलेको अवस्थामा ६ वटा श*व फेला
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने
ओलीको प्रश्न: ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?
ओलीको प्रश्न: ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला