चुच्चेपाटीस्थित भाटभटेनीभित्र जलेको अवस्थामा ६ वटा श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
चुच्चेपाटीस्थित भाटभटेनीभित्र जलेको अवस्थामा ६ वटा श*व फेला

सारांश

  • काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीभित्र आज (आइतबार) बिहान ६ वटा शव भेटिएका छन्।
  • जलेको अवस्थामा ६ वटा शव भेटिएको प्रहरीले  जानकारी दियो।
  •   ‘भवनको माथिल्लो तलामा ६ वटा मानव कंकाल भेटिएका छन्, अझै खोजी जारी छ’, एक प्रहरी अधिकारीले  भने।

२९ भदौ, काठमाडौं ।

काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीभित्र आज (आइतबार) बिहान ६ वटा शव भेटिएका छन्। जलेको अवस्थामा ६ वटा शव भेटिएको प्रहरीले  जानकारी दियो।  ‘भवनको माथिल्लो तलामा ६ वटा मानव कंकाल भेटिएका छन्, अझै खोजी जारी छ’, एक प्रहरी अधिकारीले  भने।  जेनजी आन्दोलनका क्रममा उक्त भाटभटेनीमा तोडफोड र आगजनी भएको थियो।

त्यस क्रममा उनीहरू जलेका हुन्। डीएनए परीक्षणबाट मात्र मृतकको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ। भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी अर्थात् नवयुवा पुस्ताले यही भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा व्यापारिक प्रतिष्ठानहरूमा पनि आगो लगाइएको थियो। त्यस क्रममा पहिलो दिन भदौ २३ गते प्रहरीको गोलीबाट १९ युवा मारिएका थिए भने दोस्रो दिन भदौ २४ गतेसमेतको प्रदर्शनमा घाइते भएकाहरूको उपचारका क्रममा मृत्यु हुँदा आजसम्म मृतकको संख्या ५८ पुगिसकेको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनकै कारण ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ। साथै संसद् विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः वनमन्त्री शाही
संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः वनमन्त्री शाही
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सापकोटा नियुक्त
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
नवराज विक हत्या प्रकरण: २३ जनालाई जन्मकैद
वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित
कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति
रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति
अमेरिकाजस्तो देश खोजेर नेपालमा सम्भव छैन : कांग्रेस
अमेरिकाजस्तो देश खोजेर नेपालमा सम्भव छैन : कांग्रेस