सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

चुच्चेपाटीस्थित भाटभटेनीभित्र जलेको अवस्थामा ६ वटा श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
४० पटक हेरिएको
Shares
चुच्चेपाटीस्थित भाटभटेनीभित्र जलेको अवस्थामा ६ वटा श*व फेला

सारांश

  • काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीभित्र आज (आइतबार) बिहान ६ वटा शव भेटिएका छन्।
  • जलेको अवस्थामा ६ वटा शव भेटिएको प्रहरीले  जानकारी दियो।
  •   ‘भवनको माथिल्लो तलामा ६ वटा मानव कंकाल भेटिएका छन्, अझै खोजी जारी छ’, एक प्रहरी अधिकारीले  भने।

२९ भदौ, काठमाडौं ।

काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीभित्र आज (आइतबार) बिहान ६ वटा शव भेटिएका छन्। जलेको अवस्थामा ६ वटा शव भेटिएको प्रहरीले  जानकारी दियो।  ‘भवनको माथिल्लो तलामा ६ वटा मानव कंकाल भेटिएका छन्, अझै खोजी जारी छ’, एक प्रहरी अधिकारीले  भने।  जेनजी आन्दोलनका क्रममा उक्त भाटभटेनीमा तोडफोड र आगजनी भएको थियो।

त्यस क्रममा उनीहरू जलेका हुन्। डीएनए परीक्षणबाट मात्र मृतकको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ। भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी अर्थात् नवयुवा पुस्ताले यही भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा व्यापारिक प्रतिष्ठानहरूमा पनि आगो लगाइएको थियो। त्यस क्रममा पहिलो दिन भदौ २३ गते प्रहरीको गोलीबाट १९ युवा मारिएका थिए भने दोस्रो दिन भदौ २४ गतेसमेतको प्रदर्शनमा घाइते भएकाहरूको उपचारका क्रममा मृत्यु हुँदा आजसम्म मृतकको संख्या ५८ पुगिसकेको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनकै कारण ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ। साथै संसद् विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित
मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित
पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
पाल्पामा बुवा र दिदीको कुटपिटबाट एक युवकको मृत्यु
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ
रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
मनाङमा लेक लागेर स्विजरल्याण्डका नागरिको मृत्यु
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
पोखरामा पहिलोपल्ट पोखरामा वसन्त काव्य महोत्सव, स्रष्टाको सम्मान
पोखरामा पहिलोपल्ट पोखरामा वसन्त काव्य महोत्सव, स्रष्टाको सम्मान
लहानमा हवाई फायर, कर्फ्यु लगाउने तयारी
लहानमा हवाई फायर, कर्फ्यु लगाउने तयारी
पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ
पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ