सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आज साउने संक्रान्ति, शिवालयमा घुइँचो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १, २०८३
|
|
१७२ पटक हेरिएको
Shares
आज साउने संक्रान्ति, शिवालयमा घुइँचो

सारांश

  • आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ ।
  • सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ ।
  • साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।

 

१ साउन काठमाडौं ।

आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपालीहरु असार महिनाभर रोपाइँमा व्यस्त हुने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग ठीक पार्न भन्दै साउने संक्रान्तिको दिन लुतो फाल्ने चलन पनि चलिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ । साउन महिनाभर काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । त्यसैले साउन महिना एवं सोमबारको दिन शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । यस वर्षको साउनमा चार सोमबार परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलङ्कामा चक्रवातका कारण मृ*त्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता
श्रीलङ्कामा चक्रवातका कारण मृ*त्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता
म्यान्मार भूकम्पः मृतकको सङ्ख्या ३३ सय नाघ्यो
म्यान्मार भूकम्पः मृतकको सङ्ख्या ३३ सय नाघ्यो
द्रुत बस सेवाका लागि धमाधम बन्दै ‘डेडिकेटेड लेन’
द्रुत बस सेवाका लागि धमाधम बन्दै ‘डेडिकेटेड लेन’
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन
वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
युवाहरू भविष्यको मात्र होइनन्, वर्तमान राष्ट्र निर्माणका पनि शक्ति हुन् : प्रचण्ड
युवाहरू भविष्यको मात्र होइनन्, वर्तमान राष्ट्र निर्माणका पनि शक्ति हुन् : प्रचण्ड
त्रिभुवन विश्वविद्यालयको २६ अर्बभन्दा बढीको बजेट पास
त्रिभुवन विश्वविद्यालयको २६ अर्बभन्दा बढीको बजेट पास
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू
सामाजिक सञ्जालमा तीतो पोख्दै एमाले नेताहरू
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड