दुइ वटा संसदीय समितिको बैठक बस्दै
सारांश
- दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
- बिहीबार कृषि तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
- कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहन ८ बस्ने भएको छ ।
काठमाडौं । दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बिहीबार कृषि तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहन ८ बस्ने भएको छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय—समयमा दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयन अवस्था सम्बन्धमा र कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषय छलफल हुने कार्यसूची रहेको छ । विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः१५ बजे बस्ने भएको छ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ को मसौदा प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।
प्रतिक्रिया