कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ८, २०८३
|
|
१२७ पटक हेरिएको
Shares
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला

सारांश

  • पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार बर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहावमा बृद्धि भएको छ ।
  • बिहीबार साँझ ५ः १५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर वग्ने पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।
  • पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये २३ वटा ढोका खुल्ला गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

इनरुवा । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार बर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहावमा बृद्धि भएको छ । बिहीबार साँझ ५ः १५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर वग्ने पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये २३ वटा ढोका खुल्ला गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पानीको बहावबढेसंगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ति बालिएको छ, भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ ।

नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जानकारी दिए ।

नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
जेनजी आन्दोलन : ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृ*त्यु
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
एमाले संसदीय दलको बैठक आज बस्दै
एमाले संसदीय दलको बैठक आज बस्दै
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्दै
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्दै
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ
राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द
राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द