Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २, २०८२
|
|
५४ पटक हेरिएको
Shares
स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल

सारांश

  • प्रतिनिधिसभा सदस्यका लागि बारा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश धिमालले जनताको सचेतताले नै देशमा हरेक परिवर्तन सम्भव हुने बताएका छन्।
  • सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न राजनीतिक विश्लेषकहरूले वर्तमान व्यवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने तर्क गर्दै आएको स्मरण गर्दै त्यसलाई जनताले गलत सावित गरेको बताए ।
  • उनले भने, ‘विभिन्न कालखण्डमा केही विश्लेषकहरूले यो व्यवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्दैन भन्ने कुरा विभिन्न फोरममा राख्दै आएका थिए।

२ चैत,काठमाडौं ।

प्रतिनिधिसभा सदस्यका लागि बारा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश धिमालले जनताको सचेतताले नै देशमा हरेक परिवर्तन सम्भव हुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न राजनीतिक विश्लेषकहरूले वर्तमान व्यवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने तर्क गर्दै आएको स्मरण गर्दै त्यसलाई जनताले गलत सावित गरेको बताए ।

उनले भने, ‘विभिन्न कालखण्डमा केही विश्लेषकहरूले यो व्यवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्दैन भन्ने कुरा विभिन्न फोरममा राख्दै आएका थिए। तर आज जनताले ती भनाइहरूलाई गलत सावित गरिदिएका छन्। जनता नै जनार्दन हुन् र हरेक परिवर्तनको नेतृत्व जनताले नै गरेका छन्।’ धिमालले अब बन्ने सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास व्यक्त गरे।

उनका अनुसार प्रशासनिक तथा प्रक्रियागत काम सम्पन्न भएपछि चाँडै नै बालेन शाह को नेतृत्वमा सरकार गठन हुने र त्यो जनताको सरकार हुने बताए। ‘अबको केही समयमा प्रशासनिक र प्रकृयागत गरिकाले चैत्रको पहिलो हप्ता सकिने वित्तिकै बालेन शाहको नेतृत्वमा सरकार बन्दै छ । त्यो जनताको सरकार हुने छ । अब केही समय हामीलाई आलोचना होइन् काम गरेको तरिकालाई प्रतिक्रियात्मक होइन् सहजिकरण गरिदिन आव्हान गर्छु । सही सल्लाह सुझाव लिन्छौं तर पार्टीको आवरणमा हामीलाई प्रश्न नगरिदिनुहोला, ’उनले भने ।

उनले केही समय सरकारलाई काम गर्न दिन आग्रह गर्दै आलोचनाभन्दा सहजीकरण र रचनात्मक सुझाव दिन आग्रह गरे। धिमालले नयाँ सरकार गठनसँगै ग्यासको मूल्यवृद्धि वा अभाव हुने भन्ने विषयमा मिडियामा आएका समाचारहरू अतिरञ्जित भएको दाबी गरे। उनले इमान्दारितापूर्वक काम गर्न अवसर दिन आग्रह गर्दै देश निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको बताए। उनले छोटो र प्रभावकारी मन्त्रिमण्डल गठन हुने र आवश्यकताअनुसार नीतिगत सुधार तथा संशोधन गरिने पनि जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
करिब १४ लाख बराबरको लत्ताकपडासहितको ३ वटा मोटरसाईकल नियन्त्रणमा
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार गगन हुन्, द्विविधा छैन : सुनिल शर्मा
अवेहलना आरोपमा गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश
अवेहलना आरोपमा गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने
कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृ*त्यु
कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृ*त्यु
यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी अन्तरक्रिया
यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी अन्तरक्रिया
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो