आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २८, २०८३
|
|
१३२ पटक हेरिएको
Shares
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

सारांश

  • आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
  •   बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्ने भएको हो ।
  • बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

काठमाडौं ।

आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।  बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्ने भएको हो । बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ । यस्तै, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा ‘जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुने कार्यसूची रहेको छ ।  पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्दै छ । बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।  बिहान ११ बजेका लागि तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
४ महिनामै खर्ब नजिक निर्यात, आयात ६ खर्ब माथि
४ महिनामै खर्ब नजिक निर्यात, आयात ६ खर्ब माथि
ललितपुरमा आज मध्यराति १२ बजेसम्म बढाइयो कर्फ्यु
ललितपुरमा आज मध्यराति १२ बजेसम्म बढाइयो कर्फ्यु
भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर
भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर
यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम
यस कारण काटियो स्वास्थ्यमन्त्रीबाट डा. संगीताको नाम
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ
बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक