जनआस्थाको कार्यालयमा प्रहरीको छापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २८, २०८३
|
|
६३ पटक हेरिएको
Shares
जनआस्थाको कार्यालयमा प्रहरीको छापा

सारांश

  • प्रहरीले ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ ।
  •   बिहीबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा छापा मारेको हो ।
  • बुधबार साँझ जनआस्थाका सम्पादक किशोरी श्रेष्ठ पक्राउ परेका थिए ।

काठमाडौँ । प्रहरीले ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको छ ।  बिहीबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा छापा मारेको हो । बुधबार साँझ जनआस्थाका सम्पादक किशोरी श्रेष्ठ पक्राउ परेका थिए ।

अनुसन्धानको सिलसिलामा कार्यालयमा रीतपूर्वक खानतलासी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए ।
श्रेष्ठविरुद्ध दीपिका सिंहले जाहेरी दिएकी थिइन् । प्रहरीले उनीविरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

वैयक्तिक गोपनीयताको कसुरमा प्रयोग गरिएका कम्प्युटर लगायतका सामाग्री नियन्त्रणमा लिइएको एसपी थापाले बताए ।
साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक
नौ महिनामा भित्रिए आठ लाख बढी विदेशी पर्यटक
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गरेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति पौडेल
एक पैसा खाएको छैन, अदालतले न्याय दिनेछ : माधव नेपाल
एक पैसा खाएको छैन, अदालतले न्याय दिनेछ : माधव नेपाल
टी–२० क्रिकेटको सिरिज भारतको नाममा दक्षिण अफ्रिका १३५ रनले पराजित
टी–२० क्रिकेटको सिरिज भारतको नाममा दक्षिण अफ्रिका १३५ रनले पराजित
जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
कति छ आज मुद्राको मूल्य?
कति छ आज मुद्राको मूल्य?