Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ७, २०८३
|
|
२२५ पटक हेरिएको
Shares
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

सारांश

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा.
  • लि.
  • द्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह) लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ ।

७ जेठ, काठमाडौं ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि.द्वारा उत्पादित ५०० ग्रामको ‘डाबर हनी’ (मह) लाई बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ । विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको महको नमुनालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपाल प्रा. लि. बाट उत्पादन भएको, ब्याच नम्बर एबी ००४७७, उत्पादन मिति २०२५/१२ र उपभोग्य अवधि १८ महिना रहेको उक्त मह गुणस्तरहीन प्रमाणित भएपछि विभागले मिति २०८३/०२/०५ मा यो फिर्ता सम्बन्धी आदेश जारी गरेको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सम्पूर्ण महहरू बजारबाट तत्काल फिर्ता गर्न र सोही दफाको उपदफा (४) बमोजिम उक्त उत्पादन बिक्री वितरण नगर्न वा नगराउन महानिर्देशकको निर्देशानुसार सम्बन्धित उत्पादक कम्पनीलाई कडा निर्देशन दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?