थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो
सारांश
- थापाथलीको सुकुमवासी बस्तीमा बस्दै आएका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ ।
- आफूलाई घरबारबिहीन बताउने १३ व्यक्तिलाई राधास्वामी सत्संग लगिएको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
- यस्तै अन्य सबै परिवार भेला भइसकेको भनिरहेका ८ जनालाई दशरथ रंगशालामा लगिएको छ ।
१२ वैशाख, काठमाडौं ।
थापाथलीको सुकुमवासी बस्तीमा बस्दै आएका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ ।

आफूलाई घरबारबिहीन बताउने १३ व्यक्तिलाई राधास्वामी सत्संग लगिएको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए । यस्तै अन्य सबै परिवार भेला भइसकेको भनिरहेका ८ जनालाई दशरथ रंगशालामा लगिएको छ । केहीबेर अघिसम्म २२ परिवारले आफू घरबारबिहीन रहेको भन्दै आश्रयका लागि सरकारी अधिकारीसँग नाम टिपाएको खबर प्राप्त भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया