Press 4K
शनिबार, २७ भाद्र २०८३

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
३१० पटक हेरिएको
Shares
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ ।
  • शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै सांसद रमेश मल्लले रुबीकुमारी ठाकुरलाई समर्थन गरेको जनाएका हुन् ।
  • उनले भने, ‘हाम्रो दलको तर्फबाट श्रम संस्कृति पार्टीको तर्फबाट उपसभामुखमा प्रस्ताव गरिनु भएका मधेसको छोरी नेपालको छोरी, नवयुवा रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने हाम्रो निर्णय छ ।

 

२७ चैत,काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेदवारी दिएकी रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै सांसद रमेश मल्लले रुबीकुमारी ठाकुरलाई समर्थन गरेको जनाएका हुन् ।

उनले भने, ‘हाम्रो दलको तर्फबाट श्रम संस्कृति पार्टीको तर्फबाट उपसभामुखमा प्रस्ताव गरिनु भएका मधेसको छोरी नेपालको छोरी, नवयुवा रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने हाम्रो निर्णय छ ।’ यसैगरी उनले उपसभामुख पदमा सर्वसम्मत निर्वाचन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘उपसभामुख पदमा सर्वसम्मत रूपमा निर्वाचन गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो । यो हाम्रो दलको भावना थियो र यस्तो विचार अगाडि सारेका थियौं। तर त्यो सम्भव हुन सकेन ।

मल्लले राजनीतिमा मूल्य र इमानको महत्वलाई जोड दिँदै भने, ‘यी विषयवस्तुहरूलाई सबैले गम्भीरतापूर्वक लिनुभएको होला। राजनीतिमा मूल्यको धेरै महत्व हुन्छ, इमानको अझ ठूलो महत्व हुन्छ ।’ साथै उनले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै सरकारले आन्दोलनका पछिल्ला भावनाहरू अनुसार आफूलाई अघि बढाए रचनात्मक ढंगले आफूहरुले समर्थन गर्ने बताए ।

हामी संसदमा प्रतिपक्षको बेन्चमा छौं। सरकारले आन्दोलनका पछिल्ला भावनाहरू अनुसार आफूलाई अघि बढाएको छ भने लोकतन्त्रको सर्भिसिङ गर्ने दिशामा रचनात्मक ढंगले समर्थन रहनेछौं ।’ उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुवी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...