मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १, २०८२
|
|
५२ पटक हेरिएको
Shares
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

सारांश

  • मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् ।
  • भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् ।
  • उनले ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए ।

१ चैत,काठमाडौं ।

मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् । उनले ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए ।

उनका अनुसार यी दुवै जहाजमा कुल करिब ९३ हजार मेट्रिक टन बढी तरल पेट्रोलियम ग्यास (एलपीजी) लोड गरिएको छ । विदेश मन्त्रलायका प्रवक्ता जयसवालका अनुसार खाडी क्षेत्रमा भारतका अन्य जहाज पनि स्ट्यान्डबाइ अवस्थामा राखिएका छन् । भारतले आफ्नो ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित देशहरूसँग निरन्तर समन्वय गरिरहेको छ ।

यसअघि इन्धन बोकेर भारत आउँदै गरेको एक थाई जहाजमा हमाला भएको थियो । हालसम्म मध्यपूर्व तनावकाकारण ५ भारतीय नागरिकको ज्यान गएको छ भने एक जना बेपत्ता छन् । घाडी क्षेत्रबाट इन्धन आयात प्रभावित हुँदा भारतमा पनि तेल र ग्याँसको अभाव छ । भारतबाट आयात गर्ने नेपालमा पनि इन्धन आपूर्ति प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद
अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद
नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल
नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते
पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृ*त्यु
पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृ*त्यु
हरिवनमा डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुन: सञ्चालन
हरिवनमा डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुन: सञ्चालन
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
रोमानियाको होटलमा आगलागीमा परी २ नेपाली महिलाको मृ*त्यु
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
जलविद्युत परियोजनाबारे राष्ट्रपति पौडेलको चासो
जलविद्युत परियोजनाबारे राष्ट्रपति पौडेलको चासो